जीवित मान्छेमा पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण
वाशिङटन डीसी । अमेरिकामा बोस्टनका डाक्टरहरूले एक बिरामीमा जिन संशोधन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् । ती बिरामी म्यासाचुसेट्समा बस्ने ६३ वर्षका रिचर्ड रिक स्लेम्यान भएको बताइएको छ । गएको शनिबार ती बिरामीको शल्यक्रिया गरेर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनी बिस्तारै तङ्ग्रिरहेका छन् । अस्पतालबाट छिट्टै डिस्चार्ज हुने आशा गरिएको छ । जीवित व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको म्यासाचुसेट्स जनरल अस्पतालले बिहीबार एउटा विज्ञप्ति जारी गर्दै बताएको छ । सुँगुरको मिर्गौलाले कम्तीमा २ वर्षसम्म काम गर्ने आशा गरिएको छ ।
यसले काम गरेन भने स्लेम्यानको पुनः डाइलेसिस गर्नु पर्ने बताइएको छ । उनको शरीरमा सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर गएको वर्ष उनमा फेलियरको संकेतहरू देखिन थालेपछि उनी फेरि डाइलेसिसमै फर्किए ।
यस्तो स्थितिमा डाक्टरहरूले उनको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए । यसअघि दुई पुरुषमा सुँगुरको निज संशोधन गरिएको मुटु प्रत्यारोपण गरिएको थियो । तर ती दुवैको केही महिनाभित्रै मृत्यु भयो । मानव अङ्गको विकल्पको रूपमा वैज्ञानिकहरूले जनावरको अङ्ग मान्छेमा प्रत्यारोपण गर्न विविध प्रयोग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण