स्रोत नखुलेको रकमसहित युवक पक्राउ
शुक्रबार, ०९ चैत २०८०, १६ : ४४
काठमाडौँ । सिरहाको लहान नगरपालिका–१ गोलचक्करबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह छन् ।
बिहीबार दिउँसो उनको साथबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२–०१–००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण