खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ : खेलकुदमन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुने धारणा राखेका हुन् । उनले पछिल्ला ३० वर्षयता खेलाडी केन्द्रित काम हुन नसकेको उल्लेख गर्दै व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास हुनुपर्ने बताएका छन् ।
मन्त्री श्रेष्ठले खेल नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको सार्वजनिक गरे ।
अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप काम गर्नसके ओलम्पिकको कमिटीको जिम्मेवारी धेरै रहेको मन्त्री श्रेष्ठको भनाइ छ । ओलम्पिक कमिटीले खेलमार्पmत कूटनीति विकासमा काम गर्नुपर्ने औँल्याउँदै मन्त्री श्रेष्ठले नेपालको खेलजगत, खेलाडी र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्नुपर्ने धारणा राखे । साथै उनले नेपालको प्रचलित कानूनलाई पनि सम्मान गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले खेलकुदमार्पmत युवाहरूको नैरस्यता कम गर्न काम गर्नुपर्ने धारणा राखे ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठले बधाई तथा स्वागत ग्रहण गर्ने काम कम गर्दै लैजानुपर्ने आग्रह गर्दै अस्थिरताका कारण खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन सफल नभएको स्वीकार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण