कमेडी च्याम्पियनको टिम चढेको कार दुर्घटनामा ६ जना घाइते
काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ । बिहीबार बिहान ३÷४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको हो । सो कार प्रदेश ३ ०१ –००३ –प ६२९८ नम्बरको टिपरसँग ठोकिएको बताइएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
दुर्घटनालगतै ६ जनालाई नै मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर रहेको छ ।
सामान्य उपचारपछि डिस्चार्ज भएका विशाल भण्डारी र पूजन अधिकारी अहिले जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् । दुवैले कार आफैँले चलाएको भनेर दाबी गरिरहेको र कार कसले चलाएको थाहा नभएका कारण दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण