सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

साम्राज्ञीदेखि स्वस्तिमासम्म, को –कहाँ खेल्दै छन् होली ?

शनिबार, १० चैत २०८०, १२ : २५
शनिबार, १० चैत २०८०

काठमाडौँ । होली अर्थात फागु रङ्गहरूको पर्व हो । होली आइतबार काठमाडौँ उपत्यकालगायत देशभरका पहाडी जिल्लाहरूमा धूमधामकासाथ मनाइँदै छ । वसन्त ऋतुलाई स्वागत गर्दै मनाइने होली अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ । जसमा नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु सहभागी हुनेछन् ।

अभिनेत्री प्रियङ्का कार्की होली मनाउन लैनचौरस्थित होटेल मल्लको खुला चौरमा आयोजना हुने कलर स्प्लास कार्यक्रममा सहभागी हुँदै छिन् । मल्ल होटेलपछि उनी गोदावरी भिलेज रिसाेर्टमा आयोजना हुने होली कार्यक्रममा सहभागी जनाउँछिन् । जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् ।

मिस नेपाल माल्भिका सुब्बा पनि होटल मल्लमा आयोजना हुने कलर स्प्लास नामक होली विशेष कार्यक्रममा सहभागी हुनेछिन् । उनले उक्त कार्यक्रममा आफू सहभागी हुने जानकारी सामाजिक सञ्जालबाट दिँदै सहभागीका लागि सबैलाई आह्वान गरेकी छन् ।

त्यस्तै अभिनेत्री स्वस्तिमा खड्का भने कुपण्डोलस्थित होटल हिमालयनमा आयोजना हुने होली विशेष कार्यक्रममा सहभागी हुनेछिन् । कलर रस नामको होली विशेष कार्यक्रममा रमाइलो बनाउन उनले सामाजिक सञ्जालबाट आग्रह गरेकी छिन् ।

अभिनेत्री पूजा शर्माले आफ्नै झम्सिखेलस्थित रेस्टुराँ ट्यागमा होली कार्यक्रम राखेकी छन् । पूजाले भिन्दा–भिन्दै तरिकाले ट्यागमा होली कार्यक्रम आयोजना हुने सामाजिक सञ्जालमा जनाएकी छन् ।

अभिनेत्रीद्वय बेनिशा हमाल तथा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि मल्ल होटलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । जसको जानकारी उनीहरुले सामाजिक सञ्जालमा मार्फत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप