साम्राज्ञीदेखि स्वस्तिमासम्म, को –कहाँ खेल्दै छन् होली ?
काठमाडौँ । होली अर्थात फागु रङ्गहरूको पर्व हो । होली आइतबार काठमाडौँ उपत्यकालगायत देशभरका पहाडी जिल्लाहरूमा धूमधामकासाथ मनाइँदै छ । वसन्त ऋतुलाई स्वागत गर्दै मनाइने होली अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ । जसमा नेपाली कला क्षेत्रका सेलिब्रेटीहरु सहभागी हुनेछन् ।
अभिनेत्री प्रियङ्का कार्की होली मनाउन लैनचौरस्थित होटेल मल्लको खुला चौरमा आयोजना हुने कलर स्प्लास कार्यक्रममा सहभागी हुँदै छिन् । मल्ल होटेलपछि उनी गोदावरी भिलेज रिसाेर्टमा आयोजना हुने होली कार्यक्रममा सहभागी जनाउँछिन् । जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् ।
मिस नेपाल माल्भिका सुब्बा पनि होटल मल्लमा आयोजना हुने कलर स्प्लास नामक होली विशेष कार्यक्रममा सहभागी हुनेछिन् । उनले उक्त कार्यक्रममा आफू सहभागी हुने जानकारी सामाजिक सञ्जालबाट दिँदै सहभागीका लागि सबैलाई आह्वान गरेकी छन् ।
त्यस्तै अभिनेत्री स्वस्तिमा खड्का भने कुपण्डोलस्थित होटल हिमालयनमा आयोजना हुने होली विशेष कार्यक्रममा सहभागी हुनेछिन् । कलर रस नामको होली विशेष कार्यक्रममा रमाइलो बनाउन उनले सामाजिक सञ्जालबाट आग्रह गरेकी छिन् ।
अभिनेत्री पूजा शर्माले आफ्नै झम्सिखेलस्थित रेस्टुराँ ट्यागमा होली कार्यक्रम राखेकी छन् । पूजाले भिन्दा–भिन्दै तरिकाले ट्यागमा होली कार्यक्रम आयोजना हुने सामाजिक सञ्जालमा जनाएकी छन् ।
अभिनेत्रीद्वय बेनिशा हमाल तथा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि मल्ल होटलमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । जसको जानकारी उनीहरुले सामाजिक सञ्जालमा मार्फत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण