८४ सालमा रास्वपाका सबै जना मन्त्री, अहिले त ट्रेलर मात्र हो : मन्त्री श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको बताए । अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गरे ।
अहिले आम नेपालीलाई ‘सर्भिस डेलिभरी’को खाँचो रहेकोले पनि पार्टी सरकारमा गएको उल्लेख गरे । उनले अहिले आर्थिक सङ्कट, विकृतिका चाङ रहेको बेला टिममा काम गर्नुको विकल्प नरहेको उनले बताए ।
श्रेष्ठले भने–‘कहीँ आशा छ भन्ने कुरा हामीले जनतालाई स्थापित गर्न सक्नैपर्छ । अहिले ७६१ वटा सरकार मध्ये रास्वपा जम्मा एउटा सरकारमा मात्र छ । बाँकी त्यत्रा सरकार खाली छ । मिसन ८४ मा केही नभए पनि ४ सय वटा सरकारमा रास्वपा हुनुपर्छ भन्ने सन्देश लिएर जानुपर्छ ।’
उनले आफूले सम्हालेको मन्त्रालय विदेशमा नेपालको प्रतिनिधित्व गर्ने र राष्ट्रिय झण्डालाई चिनाउने मन्त्रालयको रूपमा रहेको उल्लेख गरे । खेलकुद नै राष्ट्रिय एकताको सूत्रधारको रूपमा रहेको तर्क गर्दै खेलकुद क्षेत्रमा के नयाँ गर्न सकिन्छ भन्ने बारेमा पार्टी नेतृत्वसँग पनि आफूले छलफल गरेको उनले बताए ।
मन्त्रालय सम्हाल्दा बेथिति नै बेथितिको पहाडमा बसेको जस्तो अनुभूति हुने गरेको बताउँदै उनले समस्या समाधान गर्न पुगेको बताए । युवा तथा खेलकुद मन्त्रालय अब तल जाने ठाउँ नै नभएकोले जे गर्दा पनि माथि जाने अवस्थामा रहेको उल्लेख गरे ।
उनले राष्ट्रिय खेलकुद परिषद् राजनीतिक नियुक्तिले विकृतिको अखडा बनेको बताउँदै राजनीतिक खेलका लागि पनि भाग छुट्याउनुपर्ने अवस्थामा रहेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण