प्रजातन्त्रवादी प्राध्यापक संघले बुझायो त्रिविका उपकुलपतिलाई २० बुँदे ध्यानाकर्षणपत्र
काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। संघका सचिव विष्णुप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले उपकुलपति बराललाई विश्वविद्यालय सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको हो।
त्रिविको सर्वाङ्गीण विकास सर्वपक्षीय सद्भाव, सहयोग र सहकार्यबाट मात्र सम्भव रहेको संघको ठहर छ। विश्वविद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक पक्ष सुधार गरेर उच्च शिक्षामा समयानुकूल गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई ठूलो मात्रामा भएको युवाहरूको विदेश पलायनलाई रोक्नुपर्ने संघले ठहर गरेको छ।
संघले विश्वविद्यालय शिक्षालाई प्रविधिको अधिकतम उपयोग गरेर अध्ययन तथा अध्यापन गर्ने व्यवस्था गर्न डिजिटल नेपाल फ्रेमवर्कले स्थापना गरेका शिक्षाका आठओटा प्रमुख सूचकको कार्यान्वयन गर्दै नवीनतम् प्रविधिमैत्री वातावरण निर्माण गर्न माग गरेको छ।
विश्वविद्यालयका भौतिक सम्पत्तिको अद्यावधिक अभिलेख गर्नुका साथै त्रिविका विभिन्न नाममा बाँडिएका जग्गा एवं विभिन्न संस्थाबाट अतिक्रमित गरिएका जग्गा तत्काल विश्वविद्यालयका नाममा ल्याउनुपर्ने संघको दाबी छ।
_LntEBtyXAI.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण