वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भीड
आइतबार, ११ चैत २०८०, १० : २१
वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ ।
आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण