गृहमन्त्री आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरे : नेकपा माले
आइतबार, ११ चैत २०८०, ११ : ०१
काठमाडौँ । नेकपा (माले)ले गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर कर्तव्य निर्वाह गर्नुभन्दा आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरेको आरोप लगाएको छ । चैत ९ गते बसेको सो पार्टीको स्थायी समिति बैठकले सो आरोप लगाएको हो ।
सो पार्टीका महासचिव सीपी मैनालीद्वारा जारी बैठकको निर्णयमा भनिएको छ : ‘वर्तमान गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा बढी त्यसबाट प्राप्त वाहीवाहीलाई आफू माथिको आरोप ढाकछोप गर्न दुरुपयोग गर्न थालेको देखिएको छ । यो निन्दनीय छ ।’
बैठकले मुलुकमा देखिएका जल्दाबल्दा समस्याहरूलाई तत्कालै सम्बोधन गर्न समेत सरकारसँग जोडदार माग गरेको छ ।
यस्ता छन् स्थायी कमिटी बैठकका पाँच निर्णय :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण