शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरे : नेकपा माले

आइतबार, ११ चैत २०८०, ११ : ०१
आइतबार, ११ चैत २०८०

काठमाडौँ । नेकपा (माले)ले गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर कर्तव्य निर्वाह गर्नुभन्दा आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरेको आरोप लगाएको छ । चैत ९ गते बसेको सो पार्टीको स्थायी समिति बैठकले सो आरोप लगाएको हो ।

सो पार्टीका महासचिव सीपी मैनालीद्वारा जारी बैठकको निर्णयमा भनिएको छ : ‘वर्तमान गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा बढी त्यसबाट प्राप्त वाहीवाहीलाई आफू माथिको आरोप ढाकछोप गर्न दुरुपयोग गर्न थालेको देखिएको छ । यो निन्दनीय छ ।’

बैठकले मुलुकमा देखिएका जल्दाबल्दा समस्याहरूलाई तत्कालै सम्बोधन गर्न समेत सरकारसँग जोडदार माग गरेको छ । 

यस्ता छन् स्थायी कमिटी बैठकका पाँच निर्णय : 

Capture1

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप