उपत्यकामा १० ठाउँमा होलीको कार्यक्रम
काठमाडौँ । फागु पूर्णिमा अर्थात रङ्हरुको पर्व होलीको अवसरमा काठमाडौँ उपत्यकामा १० ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय प्रशासनसँग अनुमति लिएर आयोजकहरूले होलीको कार्यक्रम आयोजना गरेका हुन् ।
ठमेलस्थित सञ्चयकोष भवन अगाडीको सडक, दरबारमार्ग, वसन्तपुर, भृकुटीमण्डप, भक्तपुर दरबार स्क्वायर, सूर्य विनायक र जावलाखेलमा कार्यक्रम आयोजना गरिएको छ । चाबहिलमा पनि कन्सर्टको आयोजना गरिएको छ ।
बौद्धस्थित हायात होटल परिसर, बालुवाटारस्थित टाइम्स स्क्वायर होटल र आम्रपाली बैंक्वेटमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम स्थलको सुरक्षाका लागि उल्लेख सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
उनले भने– ‘भिडभाड धेरै हुने हुनाले कार्यक्रम आयोजना गरिएको ठाउँमा ड्रोनबाट पनि सुरक्षा निगरानी गर्छौं ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ जिल्लाका ९० ठाउँमा चेक प्वाइन्ट राखेको छ । उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न सीआरभी, क्यूआरटी र गस्तीमा पनि प्रहरी परिचालन गरिएको एसएसपी खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्क घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण