शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
फागु पूर्णिमा

उपत्यकामा १० ठाउँमा होलीको कार्यक्रम

काठमाडौँका ९० ठाउँमा प्रहरीको चेकजाँच
आइतबार, ११ चैत २०८०, १२ : १५
आइतबार, ११ चैत २०८०

काठमाडौँ । फागु पूर्णिमा अर्थात रङ्हरुको पर्व होलीको अवसरमा काठमाडौँ उपत्यकामा १० ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय प्रशासनसँग अनुमति लिएर आयोजकहरूले होलीको कार्यक्रम आयोजना गरेका हुन् ।

ठमेलस्थित सञ्चयकोष भवन अगाडीको सडक, दरबारमार्ग, वसन्तपुर, भृकुटीमण्डप, भक्तपुर दरबार स्क्वायर, सूर्य विनायक र जावलाखेलमा कार्यक्रम आयोजना गरिएको छ । चाबहिलमा पनि कन्सर्टको आयोजना गरिएको छ ।

बौद्धस्थित हायात होटल परिसर, बालुवाटारस्थित टाइम्स स्क्वायर होटल र आम्रपाली बैंक्वेटमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम स्थलको सुरक्षाका लागि उल्लेख सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।

उनले भने– ‘भिडभाड धेरै हुने हुनाले कार्यक्रम आयोजना गरिएको ठाउँमा ड्रोनबाट पनि सुरक्षा निगरानी गर्छौं ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ जिल्लाका ९० ठाउँमा चेक प्वाइन्ट राखेको छ । उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न सीआरभी, क्यूआरटी र गस्तीमा पनि प्रहरी परिचालन गरिएको एसएसपी खत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप