खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न मन्त्री श्रेष्ठको निर्देशन
पोखरा । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न निर्देशन दिएका छन् । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानको अवलोकन गर्ने क्रममा उनले क्रिकेट रंगशाला बनाउन राजनीति गर्न नहुने बताए ।
उनले पोखराको क्रिकेट मैदानलाई कमनसेन्स लगाएर भएपनि बजेट दिनुपर्ने सुनाए । ‘राजनीति आफ्नो ठाउँमा होला, कमसेकम कमनसेन्स पनि चाहियो के,’ उनले भने ।
क्रिकेट मैदानबारे प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी गराएका थिए । पूर्वाधारयुक्त मैदान बनाउन १ अर्ब ७७ करोड रुपैयाँको वृहत् गुरुयोजना निर्माण गरिएको छ । तर बजेट अभावका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । उनले त्यति धेरै बजेको अपेक्षा सङ्घले नगरेको बताए । ‘त्यत्रो पैसा हामीले आशै गरेका छैनौँ । अहिले नै बन्छ भन्ने पनि लागेको छैन,’ उनले भने, ‘क्यानले पूर्वाधारमा पैसा दिँदैन । अरूमा पनि कसको मान्छे भनेर हरहिसाब गर्छन् ।’
श्रेष्ठले रंगशालाभित्र रहको बहुउद्देश्यीय कभर्ड हलको पनि निरीक्षण गरे । कभर्डहललाई साउण्डप्रुफ बनाउने काम अघि बढाउन उनको निर्देशन छ । रंगशालामा रहेका फुटबल स्टेडियम, आर्चरी, टेनिस र स्वकास, मुवाथाइ प्रशिक्षण केन्द्र लगायतको निरीक्षण गरेका हुन् । उनले रंगशालामा रहेका संरचनाको संरक्षण नभएकोमा असन्तुष्टि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण