सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा डुङ्गा पल्टिँदा एकजना बेपत्ता

आइतबार, ११ चैत २०८०, २० : ०३
आइतबार, ११ चैत २०८०

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुङ्गा पल्टिँदा आज एकजना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अचानक तालमा डुङ्गा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरीक्षक सुरेश भण्डारीले जानकारी दिए ।  

डुङ्गामा सवार अन्य ६ जना पौडी खेलेर सकुशल बच्न सफल भएको उनले बताए । बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप