उदयपुरमा बेपत्ता ३ जना बालबालिका खोज्न सशस्त्रको गोताखोर परिचालन
सोमबार, १२ चैत २०८०, १० : २४
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोशीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । आइतबार होली खेलेपछि नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका हुन् ।
त्रियुगा नगरपालिका स्थित ढाप्लाङ्गबाट हराएका बालबालिका खोज्न कोशी प्रदेश स्थित १ नम्बर बराहा बाहिनी मुख्यालयबाट गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । आइतबार साँझ सशस्त्र प्रहरी बल नम्बर ५ गण त्रियुगाको टोलीले खोजतलास गरेको थियो ।
अहिले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण