सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा बेपत्ता ३ जना बालबालिका खोज्न सशस्त्रको गोताखोर परिचालन

सोमबार, १२ चैत २०८०, १० : २४
सोमबार, १२ चैत २०८०

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोशीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । आइतबार होली खेलेपछि नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका हुन् । 

त्रियुगा नगरपालिका स्थित ढाप्लाङ्गबाट हराएका बालबालिका खोज्न कोशी प्रदेश स्थित १ नम्बर बराहा बाहिनी मुख्यालयबाट गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । आइतबार साँझ सशस्त्र प्रहरी बल नम्बर ५ गण त्रियुगाको टोलीले खोजतलास गरेको थियो । 

अहिले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप