वीरगन्जमा होलीको रौनक (तस्बिरहरू)
सोमबार, १२ चैत २०८०, १२ : २१
वीरगन्ज । तराईका जिल्लाहरूमा आज होली पर्व सुरु भएको । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सासहितका जिल्लामा होली सुरु भएको हो ।

यसैगरी वीरगन्जमा पनि बिहानैदेखि होली पर्वको रौनक सुरु भएको छ । स्थानीयवासीले एक अर्कालाई रङ्ग र अबिर दलेर खुसीयाली साटासाटसँगै होली मनाइरहेका छन् ।
वीरगन्जको मुख्य बजारमा होली मनाउनका लागि मानिस जम्मा भइरहेका छन् । खासगरी वीरगन्जको आदर्श नगरमा होली धूमधामले मनाउने चलन भएकाले अहिलेदेखि सो नगरमा भिडभाड बढ्न थालेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ्ग र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराइका जिल्लाहरूमा बिदा दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
-
१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण