कर्णाली पुलबाट १७ जना हामफाले, एकजना बेपत्ता
सोमबार, १२ चैत २०८०, २१ : ५२
काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकसाथ १७ जनाले हाम फालेका छन् । हाम फाल्नेमध्ये एकजना बेपत्ता भएका छन् ।
कर्णाली पुलबाट नदीमा हाम फालेर लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । उनले भने,‘नदीमा डाइभ हानेर अरू उत्रिएको र एकजना बेपत्ता भएका छन्, हामी खोज्दै छौँ ।’
सो समूहले नदीमा डाइभ हान्दा एकजना साथी बेपत्ता भएको जानकारी प्रहरीलाई दिएको हो । जानकारी पाएपछि खोजीकार्य सुरु गरिएको डीएसपी चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण