एमाले कास्कीको नेतृत्व लिन ३ जना चुनावी मैदानमा
पोखरा । नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि हालसम्म तीन जनाको उम्मेदवारी परेको छ । दुई उम्मेदवार प्यानलबाट र अर्का एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
अध्यक्षका दाबेदार माधव बास्तोला केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट रहेका छन् भने अर्का उम्मेदवार बैनबहादुर अधिकारी केन्द्रीय सदस्य खगराज अधिकारी पक्षका रुपमा चिनिन्छन् । उनीहरू प्यानल लिएर चुनावी मैदानमा खडा भएका छन् । उता विवेक त्रिपाठीले भने गुटबाट पार्टीलाई जोगाउने र क्रान्ति गर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बास्तोला प्यानलबाट उपाध्यक्षमा शिवप्रसाद आचार्य, सचिवमा सुरेन्द्र गुरुङ तथा उपसचिवमा राधिका शाही योगी र श्रीराम पोखरेल उम्मेदवार बनेका छन् । अधिकारी प्यानबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ उर्फ दर्शन लामा तथा उपसचिवतर्फ लालबहादुर परियार र सन्तु सुवेदीलाई अघि सारिएको छ । सदस्यसम्म पनि प्यानलबाटै चुनाव हुने देखिएको छ ।
९३५ मतदाता रहेको कास्की एमालेबाट ६८० जनाले मनोनयन फाराम खरिद गरेका थिए । अहिले मनोनयन दर्ताको क्रम चलिरहेको निर्वाचन समिति संयोजक भगवती पहारीले जानकारी दिइन् । उनका अनुसार १ बजेपछि विद्युतीय माध्यमबाट मतदानको तालिका छ । अधिवेशनले १२० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण