नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रतिष्ठानलाई चाँडै समायोजन गर्छौं : पर्यटनमन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षक प्रतिष्ठानलाई चाँडै समायोजन गर्ने बताएका छन् ।
मंगलबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन् । उनले नाथम जस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्ने भन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले एक आपसमा समायोजन गरेर जाने बताए । उनले समायोजन गर्ने निर्णय कार्यान्वयन गर्ने मोडालिटी बनाउने कार्यदलले प्रतिवेदन तयार पारेको भन्दै उक्त प्रतिवेदनलाई केही दिनमा अन्तिम रुप दिने प्रतिबद्धता जनाए ।
मन्त्री तामाङले दुई संस्थाबिचको समायोजनले नयाँ खालको उत्साहित वातावरण बनाउने बताए । उनले नाथम गठन आदेशबाट निर्माण भएको भन्दै संस्थालाई व्यवस्थित बनाउन आवश्यक ऐन बनाउनेतर्फ मन्त्रालयले तयारी गरिरहेको बताए । उनले मन्त्रालय चाँडै नै यस सम्बन्धित ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा रहेको बताए । उनले ऐन बनेसँगै नाथमको गरिमा बढाउने मात्रै नभएर अगाडि बढ्नको निम्ति कानूनी अवरोधहरु हट्ने बताए । उनले दुई संस्थाबिचको समायोजनबाट पर्यटन प्रवर्द्धनमा थप विकास गर्ने, दिगो उत्पादन गर्ने,रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभावकारी योगदान पुर्याउने अपेक्षा रहेको बताए ।
मन्त्री तामाङले पर्यटन बोर्डको प्रमुख कार्यकारी चाँडै नियुक्त हुने पनि बताए । उनले सिइओ छनोट अन्तिम चरणमा रहेकाले केही दिनमा नै पर्यटन बोर्डले नेतृत्व पाउने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण