दोस्रो लेगमा पनि बहराइनसँग हार्यो नेपाल
बुधबार, १४ चैत २०८०, ०६ : ०३

काठमाडौँ । विश्वकप छनोट अन्तरगत दोस्रो लेगको खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।
बहराइनको जीतमा सायेद महदी बाकेर, अब्दुल्लाह युसुफ हेलाल र कामिल अल–असवादले एक–एक गोल गरे ।
यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको ठूलोअन्तरले पराजित भएको थियो । बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो ।
दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’