आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापमा वैशाख ६ देखि ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

बुधबार, १४ चैत २०८०, १२ : ०५
बुधबार, १४ चैत २०८०

काठमाडौँ । सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ६ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित रामेछाप नगरपालिकामा महोत्सव आयोजना हुन लागेको हो ।

प्रत्येक वर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गरिनेछ । नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि महोत्सवमा आयोजना हुने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् । महोत्सवमा करिब २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरुसँंग गाउँले दर्शकहरूले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला सिनेमा घर छैन । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरूलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने निर्देशक मगरले बताए ।

महोत्सवमा करिब ३ हजारबढी दर्शकको सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप