रामेछापमा वैशाख ६ देखि ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’
काठमाडौँ । सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ६ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित रामेछाप नगरपालिकामा महोत्सव आयोजना हुन लागेको हो ।
प्रत्येक वर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गरिनेछ । नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि महोत्सवमा आयोजना हुने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।
निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् । महोत्सवमा करिब २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरुसँंग गाउँले दर्शकहरूले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला सिनेमा घर छैन । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरूलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने निर्देशक मगरले बताए ।
महोत्सवमा करिब ३ हजारबढी दर्शकको सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण