आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति

'दुर्गा प्रसाईँका अङ्गरक्षकलाई अनुमति नै नभएको हतियार  राख्न कसरी दिइयो ?'(भिडियोसहित)

बुधबार, १४ चैत २०८०, १२ : १५
बुधबार, १४ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका नेता तथा राज्य व्यवस्था समितिका सदस्य रघुजी पन्तले दुर्गा प्रसाईँका अङ्गरक्षकलाई अनुमति नै नभएको हतियार  राख्न कसरी दिइयो भन्दै गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । 

समितिको बुधबार बसेको बैठकमा बोल्दै उनले हतियार नियमन गर्न नसकेकै कारण संसारका विभिन्न मुलुकमा ठुला हत्याकाण्ड भएको भन्दै त्यस्ता हतियार कतिलाई दिइएको छ  भन्दै प्रश्न गरे । दुर्गा प्रसाईँलाई दिएको हतियार हेर्दा हतियार दिने व्यवस्थामा पुन बिचार गर्न आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने अहिले गुप्तचर निकाय गृहमन्त्री मातहत छैन । गृहमन्त्रीले  भोलि घटना भयो भने मेरो मातहत गुप्तचर निकाय छैन भन्नुपर्ने अवस्था आउँछ, गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राखिएको छ । तराईका जिल्लाहरूमा सीमापारी अपराधीहरू आएर घटना घटाउने गरेका छन् । त्यहाँका जनताको सुरक्षामा ध्यान दिन आवश्यक छ । हाम्रो सिमानामा राखिएका सुरक्षा पोस्टको अवस्था के छ त्यसको अवस्था हेरेर बलियो बनाउन आवश्यक छ । 

दशगजामा भारतले  सुरक्षा पोस्ट बनाउने गरेको भन्दै उनले सीमा सुरक्षाको अवस्थाबारे पनि गृहमन्त्रीसँग जवाफ माग गरेका छन् । 

छलफलमा समितिका सदस्य प्रकाश अधिकारीले बन्दी गृहलाई सुधार गृहको रूपमा परिणत गर्न आवश्यक रहेको बताए । गृह प्रशासनले छिटो छरितो सेवा दिन आवश्यक रहेको उनको भनाइ थियो । 

त्यसैगरी दुर्गा राईले होलीका दिन ठुला घटना घट्दा समेत सुरक्षाकर्मीले किन नियन्त्रण गर्न सकेन भन्दै गृहमन्त्री लामिछानेको जवाफ मागिन् । पत्रकारलाई नियन्त्रण गर्न सिडिओलाई पत्राचार गरिएको प्रसङ्ग निकाल्दै उनले यो निर्णय पञ्चायती व्यवस्था जस्तो तथा सङ्घीयता विरोधी कदम भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप