रमेश खरेलले औपचारिक रुपमा छाडे रास्वपा
काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा राजीनामा पठाएका हुन् ।
एक टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रममा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए । खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए । केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरे उनी पछिल्लो समय रास्वपाको सम्पर्कमा थिएनन् ।
रास्वपा सरकारमा सहभागी भएको, लामिछाने गृहमन्त्री बनेको र पार्टीमा आन्तरिक लोकतन्त्र नदिएको विषयमा खरेलको विमति थियो । पार्टीले प्रस्टीकरण सोधेपछि आफूले राजीनामा दिएको उनले बताए ।
गत वर्ष वैशाख १० मा भएको बारा— २ को उपनिर्वाचनमा खरेल रास्वपाबाट उम्मेदवार बनेका थिए । उनी उपनिर्वाचनमा जसपाका उपेन्द्र यादवसँग पराजित भए । उपनिर्वाचनपछि खरेल नेतृत्वको नेपाली सुशासन पार्टीलाई रास्वपामा मर्ज गर्ने सहमति भएको थियो । रास्वपा उक्त सहमतिमा इमान्दार नदेखिएको भन्दै खरेल रुष्ट थिए । सभापति लामिछानेबाट प्रश्न उठाउँदा प्रस्टीकरण सोधेपछि रास्वपाबाट बाहिरिन खरेललाई बाटो खुलेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण