सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फलोअप

खड्का ल्याण्डकाे विवरण पठाउन मन्त्रालयको निर्देशन

बुधबार, १४ चैत २०८०, १९ : ५८
बुधबार, १४ चैत २०८०

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। 

मन्त्रालयले बुधबार ६ बुँदे पत्र लेख्दै पूर्ण विवरण पठाउन स्काउटलाई निर्देशन दिएको हो । पत्रमा नेपाल स्काउट र श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबिच जग्गा भाडामा लिनेदिने सम्बन्धी पहिलो सम्झौताको विवरण पठाउन भनिएको छ । उक्त प्रालिलाई भाडामा लगाएको रकम र मिति मन्त्रालयले माग गरेको हो ।  

यसअघि रातोपाटीले स्काउटको जग्गा भाडा विवादबारे लेखेको थियो । नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले सत्ता र राजनीतिक शक्तिको बलमा स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर १२ रोपनीमा भोगचलन गरिरहेको पाइएको थियो ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप