फलोअप
खड्का ल्याण्डकाे विवरण पठाउन मन्त्रालयको निर्देशन
बुधबार, १४ चैत २०८०, १९ : ५८
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार ६ बुँदे पत्र लेख्दै पूर्ण विवरण पठाउन स्काउटलाई निर्देशन दिएको हो । पत्रमा नेपाल स्काउट र श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबिच जग्गा भाडामा लिनेदिने सम्बन्धी पहिलो सम्झौताको विवरण पठाउन भनिएको छ । उक्त प्रालिलाई भाडामा लगाएको रकम र मिति मन्त्रालयले माग गरेको हो ।
यसअघि रातोपाटीले स्काउटको जग्गा भाडा विवादबारे लेखेको थियो । नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले सत्ता र राजनीतिक शक्तिको बलमा स्काउटको तीन रोपनी जग्गा भाडामा लिएर १२ रोपनीमा भोगचलन गरिरहेको पाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण