भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन
बिहीबार, १५ चैत २०८०, ११ : ४५
काठमाडौँ । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका गोविन्द थारुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । चैत्र १२ गते जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदीमा बेपत्ता भएका ३५ वर्षीय थारुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको हो ।
सशस्त्र प्रहरीको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट बिहीबार बिहान ४ जना गोताखोरसहित ७ जनाको टोली परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि बेपत्ता भएलगत्तै आश्रित गुल्म जाजरकोटबाट निरन्तर खोजी गरिए पनि थारु फेला परेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण