शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन

बिहीबार, १५ चैत २०८०, ११ : ४५
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका गोविन्द थारुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । चैत्र १२ गते जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदीमा बेपत्ता भएका ३५ वर्षीय थारुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको हो ।  

सशस्त्र प्रहरीको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट बिहीबार बिहान ४ जना गोताखोरसहित ७ जनाको टोली परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि बेपत्ता भएलगत्तै आश्रित गुल्म जाजरकोटबाट निरन्तर खोजी गरिए पनि थारु फेला परेका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप