नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सले आज टी–२० शृङ्खलाको पहिलो खेल खेल्ने
काठमाडौँ । घरेलु मैदानमा हुने तीन खेलको टी–२० शृङ्खलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । यसअघि बिहीबार सुरु हुने तालिका रहेको सिरिज वर्षाको कारण टस नै नगरी रद्द भएको थियो ।
आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’सँग तीन टी–२० र तीन ओडी खेल खेल्ने तालिका छ । सिरिजको पहिलो खेल वर्षाको कारण बिहीबार रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिकाअनुसार आज नेपाल र उल्भ्सले पहिलो खेल्दै छन् । शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् ।
यसअघि आयरल्यान्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ ।
उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृङ्खलामा प्रतिस्पर्धा गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026