टी–२० क्रिकेट
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
शुक्रबार, १६ चैत २०८०, १३ : ०९

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को पहिलो विकेट नेपाली बलर कमल ऐरीले लिएका हुन् ।
कमलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान रोस एडिरलाई दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गराएका हुन् ।
पहिलो ओभरको दोस्रो बलमा रोस एडिर आउट हुँदा आयरल्यान्ड ‘ए’ ले दुई रन बनाएको थियो । घरेलु टोली नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।