सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश सरकार

विवादबिच हाम्रो नेपाली पार्टीको सत्ता यात्रा

शनिबार, १७ चैत २०८०, १३ : ००
शनिबार, १७ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशको सत्ता साझेदार दल बनेको हाम्रो नेपाली पार्टी (हानेपा) भित्रको विवाद छताछुल्ल भएको छ । पार्टीले केही दिन अघि मात्र कुनै पनि गठबन्धनमा नलाग्ने र सके आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने विज्ञप्ति जारी गरेको थियो ।

गत चैत ९ गते हाम्रो नेपाली पार्टी बागमती प्रदेशका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले प्रदेश प्रमुख कार्यालय बागमती प्रदेश हेटौँडामा पत्राचार गर्दै सरकारको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने जानकारी गराएका थिए । 

तर, बिहीबार एकाएक प्रदेशको राजनीतिक माहौल तातियो । दिनभर शान्त र सामान्य रहेको बागमती प्रदेशको सत्ता राजनीति दिउँसो ३ बजेपछि गर्मायो ।

सरकारको विषयमा छलफलका लागि बिहीबार दिउँसो नेता बज्राचार्यसँग हाम्रो नेपाली पार्टीका केन्द्रीय पदाधिकारीले काठमाडौँमा छलफल गर्ने कार्यक्रम तय भएको थियो । तर छलफलअघि नै नेता बज्राचार्यको फोन स्वीच अफ भयो । 

दिउँसो ३ बजे हाम्रो नेपाली पार्टीका अध्यक्ष इन्जिनियर अनन्त घिमिरेले आफ्ना सांसद अपहरणमा परेको भन्दै वक्तव्य जारी गरे । नेता बज्राचार्य पार्टीको सम्पर्कमा नरहेको र उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले अपहरण गरेर हेटौँडा पुर्‍याएको आरोप लगाए । पार्टीसँग कुनै छलफल र निर्णय नै नगरी सत्ताधारी दलले प्रलोभनमा पारेर मन्त्री नियुक्त गरेको उनको आरोप थियो । सो आरोपपछि अध्यक्ष घिमिरे पनि पार्टी पदाधिकारीसहित हेटौँडा आए । 

पार्टीले मुख्यमन्त्री पदलाई बटमलाइन बनाए बार्गेनिङ गरेको विषय उनलाई उचित लागेको थिएन । पार्टीबाट अनावश्यक माग आएपछि उनले पार्टीसँगको बिहीबारको छलफल पनि फलदायी हुने अवस्था देखेनन् ।

यता नेता बज्राचार्य भने पार्टीसँगको सहमतिमा नै सरकारमा सहभागी हुने गरि अघि बढेको बताउँदै साँझ ५ बजेको समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटिए । ‘तपाईं भागेर मन्त्री बन्दै हुनुहुन्छ ?,’ भन्ने प्रश्नमा नेता बज्राचार्यले पार्टीले समयमा नै ठोस निर्णय दिन नसक्दा आफू अघि बढेर सरकारलाई समर्थन दिएको बताए । प्रदेशको राजनीतिक अस्थिरतालाई निकास दिन पार्टीसँगको छलफल अनुसार नै मन्त्री बनेको उनको भनाई थियो ।

  • के भयो बिहीबार ?

बिहीबार काठमाडौँस्थित आफ्नो निवासमा रहेका नेता बज्राचार्य पार्टीसँगको छलफलको तयारीमा थिए । सो छलफलबाट निकास निस्कने अपेक्षाका साथ तयारीमा रहेका नेता बज्राचार्य एकाएक सम्पर्कविहीन बने । कारण थियो, हाम्रो नेपाली पार्टीको अस्वाभाविक मागदाबी र बार्गेनिङ ।

पार्टीले मुख्यमन्त्री पदलाई बटमलाइन बनाए बार्गेनिङ गरेको विषय उनलाई उचित लागेको थिएन । पार्टीबाट अनावश्यक माग आएपछि उनले पार्टीसँगको बिहीबारको छलफल पनि फलदायी हुने अवस्था देखेनन् ।

पार्टीले गैरसांसदसहित ३ जनालाई मन्त्री बनाउने, प्रदेश योजना आयोगको उपाध्यक्ष पाउनुपर्ने लगायतका माग उनलाई मन परिरहेको थिएन । सो माग पुरा नगरेसम्म सरकारको समर्थन नगर्ने रणनीति पार्टीका अध्यक्ष घिमिरेको थियो । 

सत्ता साझेदार दलका एक सांसदले अध्यक्ष घिमिरेले अनावश्यक माग गरेर बार्गेनिङ गरिरहेको आरोप लगाए ।

उक्त अडानले प्रदेशलाई अस्थिरतातर्फ अग्रसर गराउने लक्षण देखेका उनले पार्टीलाई सम्झाउने प्रयत्न गरे पनि सफल हुन सकेन । कुनै पनि अवस्थामा अध्यक्ष घिमिरे कन्भिन्स हुने अवस्था नदेखेपछि नेता बज्राचार्यले सरकारमा सहभागी हुने निर्णय बनाए र सरकारसँग सम्झौतामा उत्रिए ।

साँझ ५ बजेट हेटौँडा झरेका नेता बज्राचार्यले सरकारको समर्थनका विषयमा ५ बुँदे सम्झौता गरे । सो सम्झौता गर्नु पूर्व अध्यक्ष घिमिरे पनि हेटौँडा नै थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त सहमतिको ड्राफ्ट पनि अध्यक्ष घिमिरेले हेरेका थिए । आफ्ना मागहरू सम्बोधन नहुने भएपछि अध्यक्ष घिमिरे त्यहाँबाट बाहिरिए ।

यता नेता बज्राचार्यले आफ्ना माग र विषयहरू समेटिएको भन्दै संसदीय दलको नेताको हैसियतका आधारमा सम्झौता पत्रमा हस्ताक्षर गरे । सहमतिपछि नेता बज्राचार्यले साँझ ६:३० बजे मन्त्री पदको शपथ ग्रहण गरेका थिए । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकेर शपथ ग्रहणका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष सिफारिस गरेका थिए ।

  • दोहोरो रणनीतिमा अध्यक्ष घिमिरे ?

हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरेले एकातर्फ सरकारमा सहभागी भएका सांसदलाई कारबाहीको धम्की दिइरहेको र अर्कोतर्फ मुख्यमन्त्री जम्कट्टेलसँग विभिन्न मागसहित बार्गेनिङ गरिरहेको सत्तापक्षको आरोप छ । 

hanepa

अध्यक्ष घिमिरेले हाम्रो नेपाली पार्टीबाट नेता बज्राचार्य प्रदेशमा सरकारमा सहभागी भएसँगै पार्टीले गठबन्धनको सरकारलाई समर्थन र विश्वासको मत दिने विषयमा कुनै निर्णय नगरेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय विपरीत संसदीय दलका नेता बज्राचार्य मन्त्री बनेको भन्दै सरकारलाई विश्वासको मत दिए कारबाहीको चेतावनी पनि दिएका छन् ।

शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष घिमिरेले भने, ‘यो सरकारलाई हामीले समर्थन गरेका छैनौँ । हाम्रो पार्टीले यो सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । हाम्रो सांसद हाम्रो सम्पर्कमा हुनुहुन्न । एमाले र माओवादीले हाम्रो सांसदलाई राजनीतिक रूपमा अपहरण गरेर मन्त्री बनाएका छन् । उहाँले सरकारलाई विश्वासको मत दिए कारबाही गर्छौँ ।’ पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएका नेता बज्राचार्यलाई कारबाहीका लागि कानुनी परामर्श लिइरहेको उनको भनाई छ ।

तर, सत्ता साझेदार दलका एक सांसदले अध्यक्ष घिमिरेले अनावश्यक माग गरेर बार्गेनिङ गरिरहेको आरोप लगाए । अध्यक्ष घिमिरेले गैर सांसदलाई ६ महिना मन्त्री नियुक्त गरी भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोक्न माग गरेका तथा आफ्ना २ सांसदलाई पनि मन्त्री बनाउन माग गरेको उनको दाबी छ । अध्यक्ष घिमिरेले आलोपालो मुख्यमन्त्री, प्रदेश योजना आयोगको उपाध्यक्षसहित अन्य विभिन्न मागहरू अघि सारेको बताए । 

सत्ता साझेदार दल नेकपा एमाले पनि बागमती प्रदेश संसदीय दलका नेता तथा सांसदहरूले पनि बज्राचार्यलाई फकाउने प्रयासमा थियो । एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेलको कमाण्डमा सांसदको टोली खटिएका थिए ।

यता अध्यक्ष घिमिरे भने सरकारले बार्गेनिङको हल्ला फैलाएको बताए । आफूहरूले प्रदेशको विकास र समृद्धिका विषयमा मात्र मुख्यमन्त्रीसँग छलफल गरेको बताए । उनका अनुसार मुख्यमन्त्रीसँग प्रदेशमा सार्वजनिक शौचालय निर्माण, गुणस्तरीय निर्माण कार्य, उत्पादन र रोजगारीका क्षेत्रमा काम गर्न योजना बनाउने गरी छलफल भइरहेको हो ।

  • को हो बज्राचार्यलाई सरकारमा ल्याउने पात्र ?

नेता बज्राचार्यलाई सरकारमा ल्याउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पटक–पटक प्रयत्न गरेका थिए ।  तर, सो प्रयास नतिजामुखी बन्न सकेको थिएन । उता नेता बज्राचार्यलाई सरकारमा जानबाट रोक्न विपक्षी दलहरूले भरपुर प्रयास गरिरहेका थिए । 

नेता बज्राचार्यलाई सरकारमा ल्याउन माओवादी केन्द्रले भूगोलदेखि केन्द्रसम्मको शक्ति माओवादी केन्द्रले प्रयोग गरेको थियो । तर, सफलता भने मिलको थिएन ।

यता सत्ता साझेदार दल नेकपा एमाले पनि बागमती प्रदेश संसदीय दलका नेता तथा सांसदहरूले पनि बज्राचार्यलाई फकाउने प्रयासमा थियो । एमालेबाट प्रमुख सचेतक मधुसूदन पौडेलको कमाण्डमा सांसदको टोली खटिएका थिए । यसमा एमाले सांसद प्रकाश श्रेष्ठ, किरण थापा मगर लगायतले भूमिका खेलेका थिए ।

विशेष गरी एमाले सांसद श्रेष्ठले हाम्रो नेपाली पार्टीका नेता बज्राचार्यलाई सरकारमा सहभागी गराउन प्रमुख भूमिका खेलेका थिए । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ (ख)बाट निर्वाचित सांसद श्रेष्ठकै पहलमा नेता बज्राचार्य सरकारमा सहभागी भएका हुन् । सांसद श्रेष्ठ कै योजना अनुसार बिहीबार बज्राचार्य हेटौँडा आइपुगेका थिए । 

नेता बज्राचार्यलाई सरकारमा ल्याउन भूमिका खेल्नेहरूमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल र डा. राजेन्द्रमान श्रेष्ठ पनि हुन् । यता माओवादी केन्द्रबाट प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका युवराज दुलाल ‘शरद’ले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

  • मुख्यमन्त्री जम्कट्टेलको सङ्कट टर्दै

सत्ता समीकरणका कारण राजनीतिक सङ्कट भोग्दै आएका मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएसँगै सहजता मिलेको छ । सदनमा निर्णायक मतमा रहेको हानेपा सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार माथिको सङ्कट टर्ने अवस्था देखिएको हो ।

गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिए जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री जम्कट्टेल पुनः बहुमतमा देखिएका छन् । 

नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ सांसदको समर्थन आवश्यक थियो । हाम्रो नेपाली पार्टीसँग २ सांसद रहेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले चेत १९ का लागि पुनः विश्वासको मत लिने तयारी गरेका छन् । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वानका लागि संसद् सचिवालयमा पत्र पठाएका छन् । 

कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका हुन् । 

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थनले सरकारलाई बहुमतमा पुगेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप