साताको सेयर बजार : परिसूचक १३ अङ्कले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ अङ्कले घटेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको हो । यससँगै यो साता नेप्से परिसूचक २०३५.६४ अङ्कमा रोकिएको छ ।
यो साताको ४ दिन मात्रै कारोबारमा आएको नेप्से दुई दिन बढेको थियो भन दुई दिन नै घटेको थियो । आइतबार होलीका कारणले कारोबार बन्द भएको नेप्से सोमबारदेखि खुलेको थियो । सो दिन परिसूचक १७.०१ अङ्कले घट्यो ।
यसपछि, मंगलबार १०.१४ अङ्कले बढेको परिसूचक बुधबार फेरि १०.८३ अङ्कले घट्यो । साताको अन्तिम कारोबार दिन बिहीबार ४.७८ अङ्कले बढेसँगै समग्रमा यो साता नेप्से परिसूचक १३ अङ्कको गिरावटसँगै बन्द भएको हो ।
यो साता नेप्सेमा ९ अर्ब ७२ करोडको कारोबार भएको छ । गत साता ५ दिन कारोबारमा आएको नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण