बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : परिसूचक १३ अङ्कले घट्यो, कारोबार रकम पनि खुम्चियो

शनिबार, १७ चैत २०८०, १७ : ३१
शनिबार, १७ चैत २०८०

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ अङ्कले घटेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको हो । यससँगै यो साता नेप्से परिसूचक २०३५.६४ अङ्कमा रोकिएको छ ।

यो साताको ४ दिन मात्रै कारोबारमा आएको नेप्से दुई दिन बढेको थियो भन दुई दिन नै घटेको थियो । आइतबार होलीका कारणले कारोबार बन्द भएको नेप्से सोमबारदेखि खुलेको थियो । सो दिन परिसूचक १७.०१ अङ्कले घट्यो ।

यसपछि, मंगलबार १०.१४ अङ्कले बढेको परिसूचक बुधबार फेरि १०.८३ अङ्कले घट्यो । साताको अन्तिम कारोबार दिन बिहीबार ४.७८ अङ्कले बढेसँगै समग्रमा यो साता नेप्से परिसूचक १३ अङ्कको गिरावटसँगै बन्द भएको हो ।

यो साता नेप्सेमा ९ अर्ब ७२ करोडको कारोबार भएको छ । गत साता ५ दिन कारोबारमा आएको नेप्सेमा १७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप