बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

दुर्गा प्रसाईंको दाबी– गृहमन्त्रीले तस्करको फोटो सार्वजनिक नगर्न भन्नुभएको छ

आइतबार, १८ चैत २०८०, ११ : ४७
आइतबार, १८ चैत २०८०

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गरेको दाबी गरेका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको’, उनले भने, ‘यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

तर, गृहमन्त्री रवि लामिछानेले रोक्ने प्रयास गरेर जनतालाई नै सोधेर गर्ने पनि बताए । उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप