बाबर आजम फेरि बने पाकिस्तानको कप्तान
काठमाडौँ । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन् । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि बाबरले कप्तानी त्यागेका थिए । बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो । त्यस लगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीन वटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।
तर, पाकिस्तान क्रिकेट बोर्डले अहिले उनलाई टी–२० र एक दिवसीय क्रिकेटको कप्तान बनाउने निर्णय गरेको हो । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिनन क्वीसँगको भेटपछि बाबर अहिले ह्वाइटबल क्रिकेटको कप्तान बन्न राजी भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी २० को कप्तान बनाएको थियो । एक दिवसीय कप्तानभने पाकिस्तानले कसैलाई बनाएको थियो । अब बाबरले एक दिवसीय र टी २० कप्तानी गर्ने छन् । उनकै कप्तानीमा आसन्न टी २० विश्वकप क्रिकेट पाकिस्तानले खेल्ने छ ।
बाबरको कप्तानीमा सन् २०२२ मा पाकिस्तान आइसीसी वरियताको शीर्ष स्थानमा पुगेको थियो । त्यतिबेला एक दिवसीय र टी २० दुवै वरियतामा पहिलो स्थानमा रहेको थियो । तर, त्यसपछि लगातार खराब फर्मबाट गुज्रिएपछि कप्तान परिवर्तन गर्दा पनि अवस्थामा सुधार नभएपछि पाकिस्तान क्रिकेट बोर्ड फेरि बाबरलाई नै कप्तान बनाउने अवस्थामा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण