१ खर्ब डलर खर्चेर एआई डेटा सेन्टर बनाउँदै छन् माइक्रोसफ्ट र ओपनएआई
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट र च्याटजीपीटीको निर्माता ओपनएआईले कृत्रिम बौद्धिकता एआईको लागि डेटा सेन्टर बनाउने काम गरिरहेका छन् । १ खर्ब डलर लगानी गरेर दुई कम्पनीले सो डेटा सेन्टर खोल्न लागेको हुन् । यो पैसामा स्टारगेट नामक एआई सुपर कम्प्युटरलगायत केही सुपर कम्प्युटर पनि बन्नेछ ।
डेटा सेन्टर सन् २०२८ सम्ममा लन्च हुने भन्दै द इन्फर्मेशनले समाचार छापेको छ । रोयटर्सले यसबारे सोधपुछ गर्दा कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । एआई प्रविधिको प्रयोग बढेसँगै एआई डेटा सेन्टरको माग बढेको छ । एआई डेटा सेन्टर बनाउन अहिलेको सबैभन्दा ठुलो डेटा सेन्टर बनाउन भन्दा सय गुणा बढी खर्च लाग्ने बताइएको छ ।
आगामी ६ वर्षभित्र कम्पनीले ठुला ठुला सुपर कम्प्युटरहरू बनाउन लागेको छ । स्टारगेट अमेरिकाको सबैभन्दा ठुलो सुपर कम्प्युटर हुने समाचारमा भनिएको छ । प्रारम्भिक अनुमानअनुसार यो डेटा सेन्टर बनाउन १ खर्ब डलर खर्च लाग्नेछ । सुपर कम्प्युटरहरूलाई पाँच चरणमा विस्तार गरिनेछ । पाँचौँ चरणको सुपर कम्प्युटर भने स्टारगेट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण