कुलेखानी-दक्षिणकाली सडक बन्द
हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आइतबारदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो ।
हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए ।
उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए । यसअघि यही चैतको पहिलो साताबाट कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो ।
निर्माण सम्पन्न नहुँदै हेटौँडा-काठमाडौँ आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समयसिमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्र नभएसम्मका यातायात आवागमन बन्द गरिएको वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण