गुल्मीमा डुबेर दुई युवकको मृत्यु
आइतबार, १८ चैत २०८०, १५ : ५५
गुल्मी । गुल्मीको बढीगाड खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । शनिबार डुबेर बेपत्ता भएका दुई युवकको शव आइतबार भेटिएको हो । शनिबार अपराह्न अन्दाजी ५ बजे मुसिकोट नगरपालिका ४ आरु पाटाका २१ वर्षीय सन्दीप कुमाल खोलामा डुबेका थिए ।
सन्दीप माछा मार्नका लागि जाल खेल्ने क्रमका डुबेर बेपत्ता भएका थिए । उनको शव ग्वादीकाचौर नजिकै बढिगाड खोलामा जाल बेरिएको अवस्थामा फेला परेको हो ।
त्यस्तै आइतबार दिउँसो गुल्मी दरबार गाउँपालिका २ उपल्लाखर्कका १२ वर्षीय प्रिन्स सारूको शव बढिगाड खोलाको सोता भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सारू हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यमान चौधरीले एउटै खोलामा दुई जनाको डुबेर मृत्यु भएको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण