त्रिवि सेवा आयोगको सदस्यका लागि दरखास्त आह्वान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यका लागि दरखास्त आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगमा रिक्त रहेको सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको हो । त्यसका लागि २०८०/१२/१९ गतेदेखि चैत २८ गतेसम्म मन्त्रालयमा दरखास्त दिन सकिनेछ ।
सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले छनोट गरेर सिफारिस गर्नेछ । सदस्य नियुक्तका लागि २०८०/१२/१६ गते कार्यविधि बनेको थियो । तर, उक्त कार्यविधि सार्वजनिक नहुँदै संशोधन भएर आएको हो ।
यस्तो छ मापदण्ड :
आयोगका सदस्य हुन विद्यावारिधि गरी प्राध्यापक भएर काम गरेको हुनुपर्ने व्यवस्था राखिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठ संयोजक रहेको छनोट समितिले सदस्य हुनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, प्राध्यापक पदमा नियुक्ति भई अनुभव हासिल गरेको, कम्तीमा १० वर्ष उच्च शैक्षिक संस्थामा प्राध्यापन गरी अनुभव हासिल गरेको, कम्तीमा दुई वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारीमा रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।
त्यस्तै बौद्धिक चोरीमा दोषी प्रमाणित नभएको हुनुपर्ने छ । त्यस्तै विश्वविद्यालयसँग कुनै स्वार्थ बाझिएको हुन नहुने, कुनै राजनीतिक दलको सदस्य हुन नहुने मापदण्ड कार्यविधिमा राखिएको छ ।
आयोगको सदस्य हुन ६५ वर्ष पुरा नभएको हुनु पर्ने कार्यविधिमा उल्लेख छ । त्यस्तै सिमागो जर्नल र्याङ्कमा सूचीकृत लेखको विवरण र नेप्जोलमा सूचीकृत समकक्ष जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशन गरेको पेस गर्नुपर्ने छ । आयोगको सदस्य हुन अनुसन्धानलाई प्राथमिकता दिने कार्यविधिमा उल्लेख छ ।
समितिले उपकुलपति सिफारिसका लागि अपनाइको मापदण्डकै आधारमा आयोगको सदस्यको मापदण्ड बनाएको छ । समितिले उच्च अंक प्राप्त गर्ने एक जना र वैकल्पिक एक जना गरी दुई जनाको नाम कुलपति (प्रधानमन्त्री) समक्ष सिफारिस गर्नेछ । सिफारिस गरिएको नामका आधारमा एक जनालाई आयोगको सदस्यमा नियुक्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण