बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक सुधारको रकम रकमान्तर गरी कार्यालय सहयोगी र सवारी चालकलाई तलब !

सोमबार, १९ चैत २०८०, १७ : ३६
सोमबार, १९ चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा शैक्षिक सुधारको रकम आफूखुसी रकमान्तर गरी अन्यत्रै खर्च गरिएको आरोप लागेको छ । शैक्षिक गुणस्तर सुधारको नाममा रहेको एक करोड रकममध्ये ६० लाख रकम रकमान्तर भएको आरोप लागेको हो ।

प्रदेशको सामाजिक विकास समितिका सभापति एवम् कांग्रेस सांसद घनश्याम भण्डारीले सोमबार प्रदेश सभा बैठकमै यसबारे प्रश्न उठाएका छन् । उनले रकमान्तर गरिएको उक्त रकमले कार्यालय सहयोगी र सवारी चालकलाई तलब खुवाइएको बताए ।

‘कर्णालीको शिक्षा गुणस्तर खस्किएको भनिएको छ, सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर सुधारको नाममा रहेको रकम आफूखुसी रकमान्तर गरेर अन्यत्र खर्च गर्‍यो,’ भण्डारीले भने, ‘यो विषयको चर्चा बजारभरि चलेको छ । हामी माननीय भइ हिँड्दा तपाईँहरु के गर्नुहुन्छ भनेर प्रश्न गरिएको अवस्था छ । यस्ता खालका कुरामा गम्भीर हुनुपर्छ । नभए हाम्रो पनि इज्जत रहन्न ।’

भण्डारीले गुणस्तरीय शिक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बताए । सरकारले भएका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार लागि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप