शैक्षिक सुधारको रकम रकमान्तर गरी कार्यालय सहयोगी र सवारी चालकलाई तलब !
सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा शैक्षिक सुधारको रकम आफूखुसी रकमान्तर गरी अन्यत्रै खर्च गरिएको आरोप लागेको छ । शैक्षिक गुणस्तर सुधारको नाममा रहेको एक करोड रकममध्ये ६० लाख रकम रकमान्तर भएको आरोप लागेको हो ।
प्रदेशको सामाजिक विकास समितिका सभापति एवम् कांग्रेस सांसद घनश्याम भण्डारीले सोमबार प्रदेश सभा बैठकमै यसबारे प्रश्न उठाएका छन् । उनले रकमान्तर गरिएको उक्त रकमले कार्यालय सहयोगी र सवारी चालकलाई तलब खुवाइएको बताए ।
‘कर्णालीको शिक्षा गुणस्तर खस्किएको भनिएको छ, सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर सुधारको नाममा रहेको रकम आफूखुसी रकमान्तर गरेर अन्यत्र खर्च गर्यो,’ भण्डारीले भने, ‘यो विषयको चर्चा बजारभरि चलेको छ । हामी माननीय भइ हिँड्दा तपाईँहरु के गर्नुहुन्छ भनेर प्रश्न गरिएको अवस्था छ । यस्ता खालका कुरामा गम्भीर हुनुपर्छ । नभए हाम्रो पनि इज्जत रहन्न ।’
भण्डारीले गुणस्तरीय शिक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बताए । सरकारले भएका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार लागि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण