सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँ : मन्त्री अधिकारी

सोमबार, १९ चैत २०८०, १८ : १४
सोमबार, १९ चैत २०८०

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताएका छन् । सोमबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री अधिकारीले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भएपनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताए । उनले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभई सहकारी अभियान्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटिबारे खोजी गर्न जरुरी रहेको बताए । 

मन्त्री अधिकारीले सहकारीसँग सरकार,सहकारी र सर्वसाधारण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताए । उनले सहकारीहरू ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्य अनुसार काम नगर्दा सहकारीमा समस्या आएको बताए । उनले सहकारीहरूले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको बताए । उनले राष्ट्रिय सहकारी अन्तर्गत भएका सबै निकायहरूमा कमजोरी गर्नेलाई कारबाही गर्ने बताए ।

मन्त्री अधिकारीले कमजोरी गर्नेलाई सरकारले कारबाही गरेरै छोड्ने बताए । उनले सहकारी स्थानीय तहमा दर्ता गर्ने प्रावधानसँगै खारेज गर्ने अधिकार पनि दिन आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप