सलमान खानको वान्टेडको सिक्वेल आउँदै
सोमबार, १९ चैत २०८०, २० : ५६
नयाँ दिल्ली । सलमान खानको सुपरहिट फिल्म वान्टेड बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।
उनका फ्यानहरुले लामो समयदेखियो फिल्मको सिक्वेलको प्रतिक्षा गरिरहेका छन् । सन् २००७ मा रिलिज भएको यो फिल्मलाई सलमान खानको करियरको उत्कृष्ट फिल्म मध्ये एक मानिन्छ । १७ वर्षपछि निर्देशकले यो सुपरहिट चलचित्रको सिक्वेल बनाउने निर्णय गरेका छन् ।
वान्टेडका निर्देशक बोनी कपूरले न्यूज १८ सँगको कुराकानीमा सलमान खानसँग ‘वान्टेड’को सिक्वेलबारे कुराकानी भएको बताएका छन् । तर, फिल्मको काम कहिले देखि सुरु हुन्छ भन्ने चाँहि टुंगो लागेको छैन ।
सलमानले यो फिल्म खेल्छु भनेर वाचा पनि गरिसकेको बताइएको छ । फिल्मको स्क्रिप्ट फाइनल भएको छैन । स्क्रिप्ट फाइनल भएपछि यसमा उनले हिस्सा लिने बताइएको छ । बोनी कपुरले यो सिक्वेल छिट्टै बन्ने आशा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण