सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

दुई निर्माण कम्पनी सरकारको कालोसूचीमा

मङ्गलबार, २० चैत २०८०, ०८ : ४९
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । सरकारले दुई वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सोमबारको निर्णयअनुसार नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालिलाई ३ वर्ष र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनललाई एक वर्ष, ६ महिनाका लागि कालो सूचीमा राखिएको हो । 

कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ । 

kalosuchi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप