दुई निर्माण कम्पनी सरकारको कालोसूचीमा
मङ्गलबार, २० चैत २०८०, ०८ : ४९
काठमाडौँ । सरकारले दुई वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।
कार्यालयका अनुसार सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सोमबारको निर्णयअनुसार नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालिलाई ३ वर्ष र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनललाई एक वर्ष, ६ महिनाका लागि कालो सूचीमा राखिएको हो ।
कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण