नेपाल वायुसेवा निगममा देखिएको अनियमितता अन्त्य गर्न दृढ छु : मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री तामाङले निगम सम्बन्धमा मन्त्रालयले चाल्ने हरेक कदम पारदर्शी र राष्ट्रिय हितमा केन्द्रित हुने समेत बताए । बैठकमा सांसद प्रेम सुवालले निगमको व्यवस्थापन करारबारे प्रश्न गरेका थिए । मन्त्री तामाङले निगम सार्वजनिक र नेपाली जनताको सरोकारको संस्था भएकाले त्यससम्बन्धी निर्णय गर्दा सरकारले व्यापक छलफल गरेर अघि बढ्ने बताए । उनले निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न सरकारले चाहेको बताए ।
मन्त्री तामाङले निगमका सम्बन्धमा लिने कुनैपनि निर्णय ढाकछोप गर्नेपर्ने कुनै कारण नरहेको स्पष्टीकरण पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण