नाउपाको विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डले गरे रेशम चौधरी र रञ्जितासँग छलफल
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पक्षलाई बोलाएर मङ्गलबार छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालययमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई छुट्टाछुट्टै बोलाएर प्रचण्डले छलफल गरेका हुन् । उनीहरूलाई आपसमा मिल्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको बताइएको छ ।
पार्टीको विवादले राम्रो सन्देश नगएको र यसलाई दुवै जना मिलेर समाधान गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।
पार्टीभित्रको विवादको बारेमा रञ्जिता र रेशमले आ–आफ्नो कुरा राखेका थिए ।
तर नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरू प्रधानमन्त्री प्रचण्डकहाँ चिया खान गएको बताइन् । उनले पार्टीको विवादको बारेमा कुनै पनि कुरा नभएको दावी गर्दै कैलालीको विकासको योजनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको दाबी गरिन् ।
‘टीकापुरलाई स्मार्ट सिटी बनाउने छलफल भएको छ, त्यसमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने आश्वासन दिनुभएको छ,’ रञ्जिताले भनिन्, ‘मैले पार्टीको कुरा गर्न लाग्दा प्रधानमन्त्री प्रचण्डले यो पार्टी–सार्टीको कुरा नगर्नुस्, अहिले काम गर्नुस् । सबै आफैँ मिल्दै जान्छ भन्नुभयो ।’
अध्यक्ष रञ्जिताले टीकापुरका मेयर रामलाल डगौरालाई लिएर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी थिइन् । रामलाल डगौरालाई रेशम चौधरी पक्षका नेताहरूले कुटपिट गरेको रञ्जिताको आरोप छ ।
रामलाल डगौरा र रमेश विश्वकर्मालाई हातपात गर्ने दीपबहादुर योञ्जन र राजन गुरुङलाई रञ्जिता श्रेष्ठले कारबाही गरिसकेकी छन् ।
सोमबार पार्टी कार्यालयमा भएको विवादका कारण स्थगित भएको केन्द्रीय समितिको बैठक रेशम चौधरी पक्षधरले बोलाएको छ । रेशम चौधरी पक्षले बोलाएको केन्द्रीय समितिको बारेमा आफूलाई कुनै जानकारी नरहेको अध्यक्ष रञ्जिताले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण