सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान
मङ्गलबार, २० चैत २०८०, १७ : ३६

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले चैत्र २२ गते प्रदेश सभाको बैठक आह्वान गरेको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मतको लागि बैठक आह्वानको सूचना प्रेषित गरेपछि प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।
फागुन २१ पछि नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
एक महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल थापा र दिपक सिंह रिहा भएपछि राजेन्द्र लिङ्देनद्वारा स्वागत
-
सर्लाहीको हरिपुरमा आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा