राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङ्देन
मङ्गलबार, २० चैत २०८०, १९ : ०१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् । सबै प्रदेशमा नयाँ सत्ता समिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मंगलवार काठमाडौँमा आयोजित काठमाडौँ गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गरे । उनले नयाँ सत्ता समीकरण बन्नसाथ आफूहरूले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराए ।
राप्रपाले आगामी चैत्र २७ गते वर्तमान व्यवस्थाविरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङ्देनले सो प्रदर्शनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट
-
लेडी गागाको कन्सर्टमा बम प्रहार गर्ने प्रयास विफल
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
१२औँ म्युजिक खबर अवार्डको उत्कृष्ट पाँचमा को–को समेटिए ?
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान