राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङ्देन
मङ्गलबार, २० चैत २०८०, १९ : ०१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् । सबै प्रदेशमा नयाँ सत्ता समिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मंगलवार काठमाडौँमा आयोजित काठमाडौँ गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गरे । उनले नयाँ सत्ता समीकरण बन्नसाथ आफूहरूले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराए ।
राप्रपाले आगामी चैत्र २७ गते वर्तमान व्यवस्थाविरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङ्देनले सो प्रदर्शनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण