राष्ट्रिय योजना आयोगका सदस्यहरूको कार्यविभाजन, कसले पाए के जिम्मेवारी ?
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आफूसहित आयोगका सदस्यहरूको कार्यविभाजन गरेका छन् । उनले समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक, पूर्वाधार तथा यातायात, वैदेशिक सहायता , लगानी, मञ्च, समपूरक एवं विशेष अनुदान, दिगो विकास लक्ष्य ९, १७ र समग्र समन्वयको भूमिकामा आफूलाई राखेका छन् ।
त्यस्तै आयोगका सदस्य डा. रामकुमार फुयाललाई उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, तथ्यांक दिगो विकास लक्ष्य १,८,१० र १२ एवं सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको छ ।
अन्य सदस्यहरु डा. रमेशचन्द्र पौडेल, उमाशंकर प्रसाद, प्रा.डा. संगिता सिंह, डा. कुसेन्द्रबहादुर महत, प्रा.डा. शिवराज अधिकारी, डा. अरनिको पाँडे र सदस्य सचिव डा. तोयनारायण ज्ञवालीको पनि कार्यविभाजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण