मधेस प्रदेशमा धार्मिक द्वन्द्व रोकथाम गर्न प्रहरी अझ संवेदनशील हुन् आवश्यक : अध्यक्ष डा.दत्त
धनुषा । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेस प्रदेशमा दिन प्रति दिन बढ्दो धार्मिक द्वन्द्व रोक्न प्रहरी अझै संवेदनशील हुन् आवश्यक रहेको बताएका छन् । बुधवार जनकपुरमा मधेसी आयोगका अध्यक्ष डा.दत्त र मधेस प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल बिच भएको भेटघाटमा अध्यक्ष डा.दत्तले मधेस प्रदेशमा विगत केही महिना देखी धार्मिक सहिष्णुतामा ठेस पुर्याउने कार्यहरू भएको प्रति आयोग एकदम गम्भीर भएको बताएका हुन् ।
समग्र प्रदेशको अवस्था बारे जानकारी लिँदै अध्यक्ष डा.दत्तले सामाजिक सद्भावमा खलल पुर्याउने घटना प्रति प्रहरी-प्रशासन सचेत र सतर्क नभएसम्म यस्ता घटना बारम्बार दोहोरिने समेत बताएका छन् । अध्यक्ष डा.दत्तले आयोगमा मधेस प्रदेश बाट कैयौँ घरेलु हिंसा तथा महिला हिंसाका उजुरी प्राप्त भएको बताउँदै यस्ता घटनाहरूमा प्रहरीले तुरुन्त एक्सन लिनुपर्ने समेत ध्यानाकर्षण गराएका छन् ।
सीमा-नाकामा हुने लागूपदार्थ ओसारपसार, मानव तस्करी जस्ता घटनाहरूको रोकथामको लागि आवश्यक रणनीति बनाएर अगाडी बढ्न समेत अध्यक्ष डा.दत्तले प्रहरीलाई सचेत गराएका छन् । सो भेटघाटमा प्रहरी नायव महानिरीक्षक पोखरेलले मधेस प्रदेशको समग्र वस्तुस्थिति बारे अध्यक्ष डा.दत्तलाई जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण