अदालत
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
शुक्रबार, १९ असार २०८३, १८ : ५७
काठमाडौँ । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको हो।
राखेपको सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष नेम्बाङ, महासचिव किरण राईसहितका पदाधिकारीलाई विदेश भ्रमण रोक लगाइएको थियो।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले दायर गरेको रिटमा उक्त आदेश भएको हो। अदालतले रिटको अन्तिम टुंगो नलागेसम्म विदेश यात्रामा अवरोध नगर्न आदेशमा भनेको छ।
विदेश भ्रमण रोक्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लेखेको पत्र तत्काल कार्यान्वयन रोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण