शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले सडकसम्बन्धी सम्पूर्ण बजेट पुरानो सडकको मर्मतका लागि खर्च गर्नुपर्छ : सांसद सिंह

बुधबार, २१ चैत २०८०, १५ : ५१
बुधबार, २१ चैत २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको सडक सम्बन्धी बजेट पुरानो सडकको मर्मत सम्भारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । 

नेपालको सडकको अवस्था दुनियाँको कुनैपनि देशको भन्दा कमजोर भएकाले सडक दुर्घटनाका कारण मानिसहरूको दैनिक ज्यान गइरहेको उल्लेख गर्दै उनले त्यसको मर्मत सम्भारका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्नुपर्ने बताए । 

नयाँ सडक नभई पुरानो सडकलाई व्यवस्थित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने सांसद सिंहको भनाई थियो । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) को बिगबिगी भइरहेको भन्दै नियन्त्रणका लागि सरकारलाई सचेत पनि गराए ।

उनले भने, ‘यसपालिको सम्पूर्ण बजेट नयाँ सडक नबनाई पुरानो सडकको मेन्टिनेन्स र सेफ्टीमा खर्च गरोस् । यो सरकारसँग माग गर्नु चाहन्छु । किन, सडकको अवस्था एकदम दयनीय छ ।’

सांसद सिंहले सरकारले सवारी दुर्घटनामा परी नागरिकको ज्यान गइरहँदा पनि रोकथामका लागि खासै प्रयास नगरेको जिकिर समेत गरे । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप