सरकारले सडकसम्बन्धी सम्पूर्ण बजेट पुरानो सडकको मर्मतका लागि खर्च गर्नुपर्छ : सांसद सिंह
काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको सडक सम्बन्धी बजेट पुरानो सडकको मर्मत सम्भारमा खर्च गर्न सरकारसँग माग गरेका छन् ।
नेपालको सडकको अवस्था दुनियाँको कुनैपनि देशको भन्दा कमजोर भएकाले सडक दुर्घटनाका कारण मानिसहरूको दैनिक ज्यान गइरहेको उल्लेख गर्दै उनले त्यसको मर्मत सम्भारका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
नयाँ सडक नभई पुरानो सडकलाई व्यवस्थित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने सांसद सिंहको भनाई थियो । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) को बिगबिगी भइरहेको भन्दै नियन्त्रणका लागि सरकारलाई सचेत पनि गराए ।
उनले भने, ‘यसपालिको सम्पूर्ण बजेट नयाँ सडक नबनाई पुरानो सडकको मेन्टिनेन्स र सेफ्टीमा खर्च गरोस् । यो सरकारसँग माग गर्नु चाहन्छु । किन, सडकको अवस्था एकदम दयनीय छ ।’
सांसद सिंहले सरकारले सवारी दुर्घटनामा परी नागरिकको ज्यान गइरहँदा पनि रोकथामका लागि खासै प्रयास नगरेको जिकिर समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण