मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पशु बिमाको रकम भुक्तानी गर्न आग्रह एसोसिएसनको आग्रह

बुधबार, २१ चैत २०८०, १६ : २६
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले पशु बिमाको रकम भुक्तानी गर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि बिमा रकम भुक्तानीको गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो । 

पछिल्लो समय बिमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बिमा अनुदान रकम समयमै नपाएको र त्यसले समस्या भएको विज्ञप्तिमा उल्लेख छ । अबबाट पूर्ण रकम अग्रिम नपाएसम्म बिमा नगरिने हुनले किसान मारमा पर्ने देखिने भन्दै बिमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्नु प-यो एसोसिएसनले उल्लेख गरेको छ । 

यस्तै, कतै नीतिगत त्रुटि भए त्यसको हल गरी किसानले पाउने सुविधा निरन्तर बिना झन्झट उपलब्ध गराउन आग्रह एसोसिएसनको छ । कृषिमा पशुपालन क्षेत्रको मुख्य भूमिका रहे पनि सरकारले सहयोग नभएको उल्लेख गरेको छ ।

दुग्ध किसान अत्यन्तै मारमा परेको एसोसिएसनले भनाइ छ । बेचेको दुधको भुक्तानी समयमा पाएका छैनन् भने निरन्तर पशुलाई आहारा, कामदारको तलब, औषधि उपचार आदि निरन्तर खर्च गरिरहनु परेको छ । 

अझ त्यसमा पनि भोलि कुनै ठुलो महामारी वा अन्य कुनै कारणले पशुको क्षति भएमा यसरी बिमा नहुँदा पशुपालक किसानलाई ठुलो मार पर्ने देखिएको उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप