पशु बिमाको रकम भुक्तानी गर्न आग्रह एसोसिएसनको आग्रह
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले पशु बिमाको रकम भुक्तानी गर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि बिमा रकम भुक्तानीको गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो ।
पछिल्लो समय बिमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बिमा अनुदान रकम समयमै नपाएको र त्यसले समस्या भएको विज्ञप्तिमा उल्लेख छ । अबबाट पूर्ण रकम अग्रिम नपाएसम्म बिमा नगरिने हुनले किसान मारमा पर्ने देखिने भन्दै बिमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्नु प-यो एसोसिएसनले उल्लेख गरेको छ ।
यस्तै, कतै नीतिगत त्रुटि भए त्यसको हल गरी किसानले पाउने सुविधा निरन्तर बिना झन्झट उपलब्ध गराउन आग्रह एसोसिएसनको छ । कृषिमा पशुपालन क्षेत्रको मुख्य भूमिका रहे पनि सरकारले सहयोग नभएको उल्लेख गरेको छ ।
दुग्ध किसान अत्यन्तै मारमा परेको एसोसिएसनले भनाइ छ । बेचेको दुधको भुक्तानी समयमा पाएका छैनन् भने निरन्तर पशुलाई आहारा, कामदारको तलब, औषधि उपचार आदि निरन्तर खर्च गरिरहनु परेको छ ।
अझ त्यसमा पनि भोलि कुनै ठुलो महामारी वा अन्य कुनै कारणले पशुको क्षति भएमा यसरी बिमा नहुँदा पशुपालक किसानलाई ठुलो मार पर्ने देखिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण