सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भर्नाका नाममा भइरहेको लुट शिक्षामन्त्रीले देख्नुभएन : जितजंग बस्नेत

बुधबार, २१ चैत २०८०, १६ : ४६
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितजंग बस्नेतले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नदेखेको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अभिभावकका दुःख र विद्यार्थी भर्नाका नाममा भएका लुट शिक्षामन्त्री श्रेष्ठले नदेखेको बताएका हुन् ।  ‘उहाँले अभिभावकका दुःख देख्नु हुन्न। विद्यार्थी भर्नाका नाममा भएका लुट देख्नु हुन्न। पहुँचवालाले छात्रवृत्ति ओगट्ने र लक्षित वर्गले नपाएको देख्नुहुन्न,’ उनले भने ।

शिक्षामन्त्री श्रेष्ठले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरेर बसेको उनले बताए । ‘शिक्षा मन्त्री अघि यही हुनुहुन्थ्यो मलाई खुसी लागेको थियो तर अहिले उहाँ हुनुहुन्न्। उहाँकै अगाडि बोल्छु भन्ने थियो। उहाँले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिराख्नुभएको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको उनको आरोप छ । ‘कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्ने मात्र ध्यान उहाँमा रहेको छ, त्यसैले हालै प्रशिक्षार्थीसम्बन्धी कार्यविधि जारी गर्नुभएको छ। यो सरकारी कर्मचारीमाथि अविश्वास हो,’ बस्नेतले भने ।

उनले इन्टर्नसम्बन्धी कार्यविधि खारेज हुनुपर्ने बताए। सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारको ध्यान जानुपर्ने बस्नेतले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप