लुम्बिनीमा चौथो अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची
बिहीबार, २२ चैत २०८०, ०८ : २३
बुटवल । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आज दिउँसो आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन आज दिनको ४ बजे बस्ने गरी आह्वान गरेका हुन् ।
आजको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैठकमा विश्वासको मत सम्भावित कार्यसूची प्रदेश सभा सार्वजनिक गरेको छ।
आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने र मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने छन् । सो प्रस्तावमाथि छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने छन् । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहको प्रदेशसभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण