भक्तपुर । अर्को हप्ता सुरु हुने बिस्काः जात्राको तयारीमा पुरै भक्तपुर लागेको छ। तःमरी स्क्वायरमा रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
_vUx9kR2lNg.jpg)
तःमरी स्क्वायरमा बन्दै गरेको रथ बालबालिकाको लागि खेल्ने स्थान बनेको छ। स्कुल बिदा भएको र खेल्नको लागि उपयुक्त स्थान भएकोले बालबालिकाको भीड हुन्छ।
_dXz1xzIIBy.jpg)
जात्रा आठ रात नौ दिनसम्म मनाइने छ । जिब्रो छेड्ने जात्राको रूपमा पनि यो जात्रा चर्चित छ ।
_GWdN3LZGfU.jpg)
टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रहेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिन्छ ।
_0qaNtHGOnw.jpg)
सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ । लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।
_imyCbVEa5R.jpg)
_eNjKbLjo7B.jpg)
_a4d9fL5YU5.jpg)
_iNHTOFMh1u.jpg)
_hIUdpYAN72.jpg)
_nE9kmkD6mO.jpg)
_PGkaSqx5xV.jpg)
_1oPtTpvmJP.jpg)
_tPyHg92fCU.jpg)
_7k2tXFZLXr.jpg)
_O8qs38RWJg.jpg)
_3qKdJEEqnH.jpg)
_11nKZ9kecv.jpg)
_bL5hLrDjKj.jpg)
_eNdDbSwd0b.jpg)
_u05Hc8I8m2.jpg)
_iREU2DkN5T.jpg)
_6JbXq7rQIm.jpg)
_WEN9WLNcmO.jpg)
_bclGDLH9Mx.jpg)
प्रतिक्रिया