बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बिस्काः जात्राको तयारी : रथ निर्माण अन्तिम चरणमा
फोटोफिचर

बिस्काः जात्राको तयारी : रथ निर्माण अन्तिम चरणमा

बिहीबार, २२ चैत २०८०

भक्तपुर । अर्को हप्ता सुरु हुने बिस्काः जात्राको तयारीमा पुरै भक्तपुर लागेको छ। तःमरी स्क्वायरमा रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 

biska chariot (2)

तःमरी स्क्वायरमा बन्दै गरेको रथ बालबालिकाको लागि खेल्ने स्थान बनेको छ। स्कुल बिदा भएको र खेल्नको लागि उपयुक्त स्थान भएकोले बालबालिकाको भीड हुन्छ।

biska chariot (1)

 जात्रा आठ रात नौ दिनसम्म मनाइने छ । जिब्रो छेड्ने जात्राको रूपमा पनि यो जात्रा चर्चित छ ।

biska chariot (3)

टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रहेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिन्छ । 

biska chariot (4)

सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ । लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

biska chariot (5)biska chariot (6)biska chariot (7)biska chariot (8)biska chariot (9)biska chariot (10)biska chariot (11)biska chariot (12)biska chariot (13)biska chariot (14)biska chariot (15)biska chariot (16)biska chariot (17)biska chariot (18)biska chariot (19)biska chariot (20)biska chariot (21)biska chariot (22)biska chariot (23)biska chariot (24)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया