बागमतीमा अझै मिलेन भागवण्डा
मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् र मन्त्रालयको व्यवस्थापनका विषयमा छलफल गर्न बसेको कार्यदलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बिहान ११ बजे काठमाडौँको कोटेश्वरमा बसेको कार्यदलको बैठक छलफलमा प्रवेश गर्नासाथ टुङ्गिएको हो ।
बैठकको एजेन्डा अनुसार प्रदेशमा रहेका १२ मन्त्रालयमा नियुक्त भएका १३ मन्त्रीको व्यवस्थापनको विषयमा छलफल सुरु भए लगत्तै टुङ्गिएको हो ।
बैठकमा सहभागी सदस्यहरूले प्रदेशमा १२ मन्त्रालय रहेकाले एकीकृत समाजवादीले सहमति अनुसार एक मन्त्री फिर्ता गराउनु पर्ने बताएका थिए । सोही अनुसार बैठकमा सहभागी एकीकृत समाजवादीका सांसद वसन्त मानन्धर उक्त विषयमा सहमति नहुने भन्दै बैठकबाट बाहिरिएका थिए । सो पश्चात् बैठक विना निष्कर्ष टुङ्गिएको हो ।
बैठकमा प्रदेशका १३ मन्त्रीको व्यवस्थापन र १२ विषयगत मन्त्रालयको भागबन्डाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो । सो बैठकमा पावर सेयरिङ, प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल गर्ने कार्यक्रम थियो । बैठकमा कार्यदलका सदस्य सत्ता साझेदार दलका सचेतकहरूको उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण