शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा अझै मिलेन भागवण्डा

एकीकृत समाजवादीलाई मन्त्री फिर्ता गर्न आग्रह गरेपछि विवाद
शुक्रबार, २३ चैत २०८०, १२ : १३
शुक्रबार, २३ चैत २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् र मन्त्रालयको व्यवस्थापनका विषयमा छलफल गर्न बसेको कार्यदलको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बिहान ११ बजे काठमाडौँको कोटेश्वरमा बसेको कार्यदलको बैठक छलफलमा प्रवेश गर्नासाथ टुङ्गिएको हो ।

बैठकको एजेन्डा अनुसार प्रदेशमा रहेका १२ मन्त्रालयमा नियुक्त भएका १३ मन्त्रीको व्यवस्थापनको विषयमा छलफल सुरु भए लगत्तै टुङ्गिएको हो ।

बैठकमा सहभागी सदस्यहरूले प्रदेशमा १२ मन्त्रालय रहेकाले एकीकृत समाजवादीले सहमति अनुसार एक मन्त्री फिर्ता गराउनु पर्ने बताएका थिए । सोही अनुसार बैठकमा सहभागी एकीकृत समाजवादीका सांसद वसन्त मानन्धर उक्त विषयमा सहमति नहुने भन्दै बैठकबाट बाहिरिएका थिए । सो पश्चात् बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

बैठकमा प्रदेशका १३ मन्त्रीको व्यवस्थापन र १२ विषयगत मन्त्रालयको भागबन्डाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको थियो । सो बैठकमा पावर सेयरिङ, प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल गर्ने कार्यक्रम थियो । बैठकमा कार्यदलका सदस्य सत्ता साझेदार दलका सचेतकहरूको उपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप